पहिरो रोकथाम गरेर मात्रै कान्ति राजमार्गको स्तरोन्नति गरिने
  • CIA Khabar

  • काठमाडौँ– कान्ति राजमार्ग अन्तर्गत बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ ।

    ठाउँठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए । उनले पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि काम अघि बढाइने जानकारी दिए । अहिले विभागको भू–वातावरण शाखाले पहिरोको अध्ययन गरिरहेको छ ।

    आगामी वर्षको लक्ष्य बाँकी रहेका क्षेत्रमा काम अघि बढाउनु रहेको योजनाले जनाएको छ । ती क्षेत्रमा विस्तृत पहिरो रोकथाम गरेर सडक बनाउने गरी अघि बढाउन लागिएको प्रमुख न्यौपानेको भनाइ छ । यस्तो सडक मकवानपुर जिल्लातर्फ साढे दुई किमि र ललितपुरमा साढे दुई किमि रहेको छ ।

    अब स्तरोन्नतिमा जान बाँकी खण्डमा पहिरो क्षेत्र र ‘ब्लास्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र रहेको छ । ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँठाउँमा यो समस्या बढी रहेको योजनाले जनाएको छ ।

    मकवानपुरको ठिङ्गन चार सय मिटरमा र बगुवालगायत क्षेत्रमा रहेको छ । विशेषगरी छपेली पर कार्कीवास क्षेत्रमा बढी रहेको छ । त्यो क्षेत्रमा स्तरोन्नतिका लागि अनुमान गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको न्यौपानेले बताए । उनले भने, ‘अहिले बहुवर्षीय सहमति नआएर रोकिएको छ ।

    झन्डै छ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग अझै सम्पन्न भइसकेको छैन । अहिलेसम्म समस्या नभएका स्थानमा कालोपत्र भइसकेकामा पहिरो आउने सम्भावित क्षेत्रमा मात्रै काम गर्न बाँकी रहेको छ । केही वर्षयता भीमफेदीबाट फर्पिङ आउने बाटोसँगै कान्ति राजमार्गको प्रयोग बढिरहेको छ ।

     

  • २८ जेष्ठ २०८०, आईतवार १०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images