बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त
  • CIA Khabar

  • काठमाडौँ– सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

    बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो।

    यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

    बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार ११:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images