चाहेजस्तो व्यवस्थापन भए एमालेमा जान्छु : वामदेव गौतम
  • CIA Khabar

  • काठमाडौँ– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिम सहित एमालेमा जाने बताएका छन् ।

    आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसँग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताएका हुन् । 

    भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिए । गौतमले पार्टीमा सबैभन्दा बढि जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको धारणा राखे । उनले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सबै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारे ।

    भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताएका थिए ।  एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका छन् ।

  • ३ असार २०८०, आईतवार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images