सेयर बजारमा ५२.२६ अंकको वृद्धि
  • CIA Khabar

  • काठमाडौँ– सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

    सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ ।  यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ । 

    ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सोल्टी होटल परेका छन् । 

  • ३ असार २०८०, आईतवार १६:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images