माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने
  • CIA Khabar

  • काठमाडौं –    नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको आज घोषणा गरिने भएको छ ।

    दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा मोर्चाको घोषणा गर्न लागिएको हो ।

    भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा नेपाल, नेकपा एस र नेकपा समाजवादी मोर्चा, नेपालको ऐतिहासिक घोषणा सभामा उपस्थित हुन आवद्ध पार्टीहरूले अनुरोधसमेत गरेका छन् ।

    मोर्चा घोषणा सभामा आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिवद्धतापत्र, साझा न्यूनतम कार्यक्रम लगायतका बारेमा स्पष्ट पारिने जनाइएको छ ।

    समाजवादी मोर्चा बनेपछि उक्त मोर्चा संसदमा तेस्रो शक्तिका रुपमा रहने छ । जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद हुनेछन् ।

    भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने मोर्चाको लक्ष्य रहेको छ ।

  • ४ असार २०८०, सोमबार ०८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images