पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते
  • CIA Khabar

  • काठमाडौँ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो । उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए ।

    पहिरो गएको बेला उन घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए । यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन् ।

    बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए ।

    निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । उनीहरु अधिकांश स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।

  • ५ असार २०८०, मंगलवार १५:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images