ललिता निवास प्रकरण : थप एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौं– ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

    कार्कीलगायत अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् । जसअनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ परेका छन् ।

  • १२ असार २०८०, मंगलवार १५:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images