काठमाडौँ– न्यायपरिषदको बैठक आज बस्दै छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने सम्भावना छ ।
सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् ।
यसअघि सोमबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।