अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौंको खुल्लामञ्चमा अग्नि निवारण तथा सडक दुर्घटना उद्धार प्रतिकार्य अभ्यास गरिएको छ ।

    काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागको आयोजनामा आइतबार खुल्लामञ्चमा प्रतिकार्य अभ्यासको अन्तिम प्रदर्शन गरिएको हो । सो क्रममा अग्नि निवारण तथा सडक दुर्घटनाका घटनापछिको पूर्वतयारीका बारेमा अभ्यासमार्फत प्रदर्शनी गरिएको थियो ।

    शहरी क्षेत्रमा ग्यास लिकका कारण हुने दुर्घटना, आगलागी नियन्त्रण तथा घाइतेहरुको उद्धार, सवारी दुर्घटनामा परेकाहरुको उद्धार र तीव्र उपचार विधिलगायतका विषयमा महानगरले प्रतिकार्य अभ्यासको प्रदर्शन गरेको थियो ।

    उद्धार प्रतिकार्य अभ्यासमा सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलगायतको पनि सहभागिता रहेको थियो ।

  • १७ असार २०८०, आईतवार १७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images