दार्चुलाको खोला किनारमा चितुवा मृत फेला
  • CIA Khabar

  • खलंगा- दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज चितुवा मृत फेला परेको छ ।

    स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । खबर पाएपछि डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीको टोली घटनास्थलमा गएको वन कार्यालयका निमित्त प्रमुख प्रमानन्द कुँवरले जानकारी दिए ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

  • १७ असार २०८०, आईतवार १७:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images