ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन महानगरको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

    आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो ।

    सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायले अनुसन्धान अन्तिम अवस्थामा पु¥याइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।

    उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए

     

  • १७ असार २०८०, आईतवार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images