सुन प्रकरणमा छानविन समिति गठन, जाँचपासमा संलग्नलाई निलम्बनको तयारी
  • CIA Khabar

  • काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन जफत भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ।

    विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।

    उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छानविन गर्नेछ । समितिले विमानस्थलमा रहेका सिसिटिभी फुटेजबाट छानविन सुरु गर्नेछ ।

    समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानविन गर्नेछ ।

    यसैबीच, भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई भन्सार विभागले निलम्बनको तयारी गरेको छ ।

    राजश्व अनुसन्धान विभागले जिो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ।

  • ४ श्रावण २०८०, बिहीबार १३:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images