कांग्रेस काठमाडौं ९ नम्वर क्षेत्रीय सम्मेलन भव्यरुपमा सम्पन्न
  • CIA Khabar

  • काठमाडौं । काँग्रेस काठमाडौँ ९ नम्वर क्षेत्रीय सम्मेलन शनिवार नयाँ नैकापस्थित कोजी ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।सम्मेलनमा क्षेत्र नं ९ का नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति थियो।

    काँग्रेसका पूर्वमहामन्त्री, पूर्वउपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिहंको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बे र केन्द्रिय सदस्य ध्यानगोविन्द रञ्जित विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला, काठमाडौं जिल्ला सभापति सवुज (कृष्ण) बाँनिया थिए ।

    काठमाडौं जिल्ला सचिव, कोषाअध्यक्ष, क्षेत्रीय समितिका पदाधिकारी एवंम कार्यसमितिका सदस्य, निर्वाचित वडा अध्यक्ष, इकाई सभापति, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधि, वुद्धिजिवी, पत्रकारसहित पार्टीका शुभेच्छुकहरुकोे उपस्थिति थियो ।

    प्रमुख अतिथि प्रकाशमान सिंहले कांग्रेसको २०४६ अघि र पछिको संगठनमा फरक रहेको बताए। उनले पार्टीले जिल्लामा नमुनाको रुपमा संगठनका गतिविधिलाई अगाडि बढाएको बताए।

    उनले पार्टीको इतिहास राम्रो रहेको बताउँदै खुला रुपमा आइपुग्दा निर्णयक र नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहेको बताए। समय समयमा पार्टीको कमजोर भएको कुरा आउने गरेको भन्दै २०१७ मा गुमेको अधिकारलाई कांग्रेसले नै जनतालाई दिलाउन सफल भएको बताए।

    उनले जनताका लागि संविधान, ऐन, कानुन, स्वतन्त्रताको अधिकार जसले दियो उसको विरोध भइरहेको गुनासो गरे। उनले जिल्ला, क्षेत्र, पालिकाले आ–आफ्नो क्षेत्रबाट राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिए।

    विशेष अतिथि भिष्मराज आङ्देम्बेले केन्द्रिय समितिको व्यवस्थापनमा कमी कमजोरी हुँदा पार्टीले संगठन अगाडि बढाउन नसकेको बताए। उनले आफ्नो पार्टीको युवा अन्य पार्टीले आकर्षण बढाएको भन्ने हल्ला अगाडि बढाउन आवश्यक नरहेको बताए।

    कांग्रेसले आफ्नो पहिचानको खोजी आफै गर्नुपर्दछ उनले भने। हाम्रो पार्टीभित्रै शक्तिको खर्च भएकोले पार्टी संगठन कमजोर भइरहेको उनले बताए।

    कांग्रेसका केन्द्रिय सदस्य एवम् विशिष्ट अतिथि ध्यान गोविन्द रञ्जित, केन्द्रिय सदस्य एवम अतिथि नानु बास्तोलाले कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गरेका थिए।

    काठमाडौं जिल्ला सभापति सवुज (कृष्ण) बाँनियाले काठमाडौं जिल्लामा आमनिर्वाचनमा गठबन्धन गरेर केन्द्रले अन्याय गरेको बताए। आफूले १० क्षेत्रमध्ये ८ क्षेत्र जिताउने दाबी गर्दा गर्दै नेताहरुले आफूलाई समेत टिकट नदिएर अन्याय गरेको बताए।

    क्षेत्रीय सभापति जयकृष्ण महर्जनले कार्यक्रम गर्नका लागि सबैको सहयोग र साथ दिएको भन्दै कार्यक्रमलाई कसरी व्यवस्थि गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिन आग्रह गरे।

    पार्टीका कार्यकर्ताले आफ्नो कुरा राख्न कुनै पनि हिचकिचाहट नगरि अगाडि बढ्न उनले आग्रह गरे। उनले कांग्रेसको १४औं महाधिवेशनपछि देशव्यापी रुपमा संगठन सुधार गर्न लागिपरेको बताए ।

    ९ नम्बर क्षेत्रको क्षेत्रीय सम्मेलनमा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक, संघ संस्थामा निर्वाचित तथा मनोनित हुनेहरुलाई सम्मान गरिएको थियो। टे«ड युनियन कांग्रेसका सन्तोष गिरी, कुलबहादुर खडका, रुक्मिणी बस्नेत, सुन्दर पन्त, सरिता श्रेष्ठ, सुवाञ्जली मानन्धर, प्रतिक्षा बस्नेत, राजकली सिहं ठकुरीलाई सम्मान गरिएको थियो।

    तरुण दलका रबि थापा, विवेक श्रेष्ठ, भूमिका श्रेष्ठ, किसान महासंघका इश्वर गिरि, सुनिल तामाङ, अमित महर्जन, महिला संघबाट अमिता प्रधान, जनजाति संघका डेवेन तण्डुकार र नेविसंघका इशान गौतम पनि सम्मानित भएका थिए।

    उद्घाटन सत्रपछि सम्मेलनको बन्दसत्रमा क्षेत्रिय प्रतिनिधिहरुले कांग्रेसका आमकार्यकर्ताहरुलाई केन्द्रदेखि ईकाईसम्म जोड्ने र दूरी कम गर्नु लगायतका विभिन्न प्रस्तावहरु पारित गरेका थिए ।

    No description available.

    No description available.

     

  • २२ श्रावण २०८०, सोमबार १०:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images