पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराईलाई पक्राउ गर्न राप्रपाको माग
  • CIA Khabar

  • काठमाडौं– राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए ।

    देशमा दुईवटा कानुन नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।

  • ६ भाद्र २०८०, बुधबार १९:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images