रौतहटमा सडक दुर्घटना हुँदा महिलाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ – रौतहटमा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । घटनापछि आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।

    चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिब ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् ।

    पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालवाहक ट्रकले ठक्कर दिँदा सख्त घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ ।

    उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पु¥याएको बताइएको छ ।

    दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन् । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पु¥याएको बताए ।

  • ७ भाद्र २०८०, बिहीबार १६:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images