प्रहरीलाई बन्चरो प्रहार गरेको आरोपमा तीनजना पक्राउ
  • CIA Khabar

  • झापा– झापाको शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरुण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।

    उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे४ प २७५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

    मोटरसाइकलका चालक अरुण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ ।

    बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

  • ८ भाद्र २०८०, शुक्रबार १५:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images