मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते
  • CIA Khabar

  • काठमाडौँ– मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट सोलुखुम्बुको लोबुचेका लागि उडेको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको हो ।

    नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

    दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौँ ल्याएको छ ।

    उनलाई उपचारका लागि काठमाडौँस्थित ह्मास अस्पतालमा लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी भुलले जानकारी दिए।

    हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए।

    दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

  • २७ आश्विन २०८०, शनिबार ०९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images