रामेछाप– पत्रकार युवराज श्रेष्ठ नगद पुरस्कार सहित सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० बागमती प्रदेशका अध्यक्ष समेत रहेका श्रेष्ठलाई मन्थली बचत तथा ऋण सहकारी संस्थाले शनिवार २६ औँ वार्षिक साधारण सभाको अवसरमा नगद पाँच हजार सहित सम्मान गरेको हो । पत्रकारिता मार्फत सहकारी अभियानलाई नागरिकको तह सम्म पु¥याउन सहयोग पु¥याएको भन्दै सम्मान गरिएको संस्थाले बताएको छ ।
श्रेष्ठ झंकार एफ एमका स्टेसन म्यानेजर तथा मेरो प्रदेश डटकमका प्रधान सम्पादक हुन् । सहकारीले प्रत्येक वर्ष सहकारीको क्षेत्रमा पत्रकारिता मार्फत विशेष योगदान दिने एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ ।
सहकारीले उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचत सदस्य, फरक क्षमता भएका बचतकर्ता उत्कृष्ट बचत कर्ता गरी ८० जना र संस्थामा कार्यरत १ उत्कृष्ट कर्मचारी टिकाराम श्रेष्ठलाई पनि सम्मान गरेको छ ।