भारतीले तोडिन् अनशन
  • CIA Khabar

  • काठमाडौँ– चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफी सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनशन तोडेकी छन्। सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनशन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनशन तोडेकी हुन्।

    माइतीघरमा अनशनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी छन्।

    अनशनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले वीर अस्पतालमै अनशन तोडेकी हुन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद माफी बदर गरिदिएको हो।

    रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै ढकाललाई बाँके प्रहरीले पक्राउसमेत गरिसकेको छ।

    नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरिएको हो।

  • १६ कार्तिक २०८०, बिहीबार १९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images