घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री दाहाल जाजरकोट जिल्ला अस्पतालमा
  • CIA Khabar

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । गएरातिको भूकम्पमा परी घाइते भएकाहरूलाई भेट्न उनी अस्पताल पुगेका हुन् ।

    आज बिहान काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट पुगेका उनले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    प्रधानमन्त्री दाहालसँगै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको स्वास्थ्य टोली सामग्रीसहित जाजरकोट पुगेको छ । 

  • १८ कार्तिक २०८०, शनिबार १०:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images