आज दाङमा बस दुर्घटना – दुईजनाको मृत्यु
  • CIA Khabar

  • काठमाण्डौं । दाङमा गएराति बस दुर्घटना भएको छ । बस दुर्घट्नामा परि दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का दुईजना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि छुटेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका– १ का भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • ८ माघ २०८०, सोमबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images