बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरुको बैठक बसेको हो ।

    बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले खबरहबलाई बताए ।

    उनका अनुसार पूर्वपदाधिकारी, सांसद र वर्तमान पदाधिकारीहरू बैठकमा उपस्थित छन् । सबैको राय लिएर निर्णय लिने कांग्रेसको भनाइ छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। सो बेला कंग्रेसले संसद् अवरोध नगर्ने विषयमा छलफल गरेको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

  • २९ बैशाख २०८१, शनिबार १२:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images