सरकारले रवैया प्रस्तुत गर्‍यो, कांग्रेस तलमाथि हुने कुरै छैन- गगन थापा
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएर सरकारले रवैया प्रस्तुत गरेको बताएका छन् ।

    उनले अब लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस तलमाथि हुने कुरै नभएको बताए ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकबाट कांग्रेसले संसद्मा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय लिनका लागि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको समेत बताए ।

    उनले भने, ‘हिजो संसद्मा हामीहरूले सभामुखसँग पनि र अन्य दलहरूसँग पनि छलफल गरेर संसद्को गतिरोध पनि अन्त्य होस्, हाम्रो माग पनि सम्बोधन होस भनेर एउटा सदासयता, लचकता राख्दाराख्दै पनि सरकारले जुन खालको रवैया प्रस्तुत गर्‍यो र सम्माननीय सभामुखले पनि जसरी संसद्को अवरोध अन्त्य गर्नका निम्ति अझ बढी संवेदनशील हुनुपर्ने हो तर प्रतिपक्षीले त्यत्रो सदासयता राख्दा पनि त्यसको नजरअन्दाज गर्ने स्थिति भयो ।’

    उनले सरकार र प्रतिपक्ष दलबीच संसदीय समिति बनाउने कि नबनाउने भन्ने विषयमा संघर्ष चलिरहेको समेत बताए ।

    गृहमन्त्री सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले फागुन ३० पछि नै निरन्तर सदन अवरोध गरिरहेको छ ।

  • २९ बैशाख २०८१, शनिबार १५:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images