देशको ‘सूचना बेच्ने सदनमा छन्’ भनियो, अब हिसाबकिताब गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हुन्छ : गगन थापा
  • CIA Khabar

  • काठमाडौँ — कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् । ‘सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो ।सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ । सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ । अब हामी चुप लागेर बसेर हुँदैन । गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ ।’

    उनले गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर भनेको उक्त अभिव्यक्तिले कुनै असर नपर्ने बताए । विगतमा कयौंपटक सत्तासँग लडेर आएको उदाहरण दिँदै थापाले भने- सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । ‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो !’

    उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभावी बोलेकोमा आपत्ति जनाए । ‘बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन’ थापाले भने,’सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुपर्‍यो । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।’

  • २० जेष्ठ २०८१, आईतवार १४:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images