ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार
  • CIA Khabar

  • काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ ।

    चालहरूले डिपोबाट इन्धन नउठाउँदा उपत्यकाका जसोसबै पम्पमा डिजेल र पेट्रोल रित्तिएर हाहाकार भएको हो ।

    निजी क्षेत्रका पम्पमा इन्धन रित्तिएपछि सोमबारदेखि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा हजारभन्दा धेरै सवारीसाधनको लाइन छ ।

    यी सरकारी पम्पहरूले इन्धन ओसार्न आफ्नै ट्यांकर प्रयोग गर्छन् । डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेकाले अहिले ती पम्पमा उपभोक्ताको थेगिनसक्नु लाइन देखिएको हो ।

    शनिबारदेखि निजी क्षेत्रका पम्पहरूमा इन्धनको आपूर्ति नहुँदा केही सीमित सरकारी पम्पमा चाप बढेको हो ।

    नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले चालकको आन्दोलन डिपोबाट इन्धन ढुवानी नहुँदा अभाव बढेको बताए ।

    अत्यावश्यक वस्तु सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा हड्ताल, बन्द वा विरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइँदैन ।

    अहिले आन्दोलित चालक र नेपाल आयल निगमबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता हुँदैछ । वार्ता मिलेमा आजैदेखि इन्धन संकट हल हुने बताइएको छ ।

  • ४ असार २०८१, सोमबार १३:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images