दश पन्ध्र वर्ष पहिलेको व्यवसायीक मार्जिनमा काम गर्न सक्दैनौ – मदिरा व्यवसायी
  • CIA Khabar

  • नेपाल मदिरा व्यवसायी महासंघको १८ औ बार्षिक साधारण सभा काभ्रेको धुलिखेलमा सुरु भएको छ । साधारण सभाको पहिलो दिन शक्रबार मदिरा व्यवसायमा देखिएका समस्याका विषयमा बृहत अन्तरक्रिया सम्पन्न भएको छ ।

    नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको बृहत अन्तरक्रियामा मदिरा व्यवसायमा देखिएका चुनौतिहरुका विषयमा बृहत छलफल भएको थियो । कार्यक्रममा दश पन्ध्र वर्ष पहिलेको व्यवसायीक मार्जिनमा काम गर्न समस्या भएको व्यवसायीहरुको गुनासो छ । मदिरा उत्पादक कम्पनिहरुले केहि निश्चित व्यवसायीहरुको हितमा काम गरेपनि स्थानीय स्तरमा व्यवसायीक कारोबार गर्ने डिलर, होलसेल तथा खुद्रा व्यवसायीहरुले निरन्तर घाटामा काम गर्नु पर्ने अवस्था रहेको बताएका छन ।

    विगतमा ८ प्रतिशत बैंक व्याजमा व्यवसाय संचालन गरेको भएपनि अहिले बैंक व्याज १८ प्रतिशत पुगिसक्यो तर कम्पनीहरुले व्यवसायीक मार्जिक बढाउनुको सट्टा नयाँ नयाँ स्कृमका नाममा जिल्लागतरुपमा फरक फरक व्यहार गर्दा व्यवसायीक रुपमा अस्वस्थ प्रतिस्पर्धा हुदाँ व्यवसायीहरु विच असन्तुलन कायम भएकोले सबै जिल्लाहरुमा मदिराको मुल्य, स्कृम र अन्य सौलियतमा समानता कायम गर्नुपर्नेमा जोड दिएका छन ।

    वर्षेनि बढ्दो सटर तथा गोदामको भाडा, ढुवानी खर्च, इन्धन, लोड अनलोड खर्च, कर्मचारी खर्च, बैक व्याज र अस्वस्थ प्रतिस्पर्धाका कारण मदिरा व्यवसाय धरासयी भएकोले कयौ व्यवसायीहरु पलायन भैसकेका र कयौ व्यापारी आत्महत्या गर्न समेत बाध्य भएका घटना प्रति महासंघले ठोस कार्ययोजना ल्याउनु पर्नेमा व्यवसायीहरुको माग रहेको छ ।
    अन्तरक्रिया कार्यक्रममा कयौ मदिरा उत्पादन कम्पनीहरुले म्याद गुर्जेका, टुटफुट भएका र विक्रि नभएका मालसामानहरु समयमै फिर्ता गर्नुपर्नेमा उक्त कार्यमा तदारुपता नदेखाउदा व्यवसायीहरुले हैरानी खेप्नु परेको सहभागि व्यवसायीहरुले गुनासो गरेका छन ।

    व्यवसायीक क्षेत्रमा निरन्तर चुनौतिहरु थपिदा व्यवसायीक कारोबार भने बर्षोनि घट्दो क्रममा रहेको तर राज्यका निकायहरुमा तिर्नुपर्ने करहरु थपिदै गएको व्यवसायीहरुको भनाई छ । संघियता अगाडि बनेका कानुनहरु लागु हुदाँ व्यवसायीहरु मर्कामा छन । संघियता अघि राज्यका एक दुई वटा निकायमा मात्र सामान्य कर तिर्नु पर्ने भएपनि पछिल्लो समय स्थानीय निकायहरु समेतले कर उठाउदा मदिरा व्यवसायी दोहरो मर्कामा परेका छन ।

    व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले व्याज बढाएको, समयमा एक दुई किस्ता जम्मा गर्न नसक्दा समेत व्यवसायीक बैंक ग्यारेन्टि दावी गर्ने, राजस्व कार्यालयबाट अनुगमनका नाममा व्यवसाय सिल गर्ने, सामान बरामत गर्ने जस्ता कार्यले व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन ।

    अहिलेको व्यवसायीक मार्जिनबाट कारोबार संचालन गर्न नसकिने भएकाले नेपाल मदिरा व्यवसायी महासंघको अगुवाईमा ठोस कदम चाल्न समेत मदिरा व्यवसायीहरुले माग गरेका छन । कार्यक्रममा मदिरा व्यवसायी संघका जिल्ला अध्यक्षहरु, प्रदेश अध्यक्षहरु, मदिरा व्यवसायीहरु, महासंघका सल्लाहकार तथा अग्रज व्यवसायी तथा विभिन्न मदिरा उत्पादन कम्पनीका प्रतिनिधीहरुले मदिरा व्यवसायमा देखिएका चुनौतिहरुका विषयमा बोल्नु भएको थियो ।

    कार्यक्रममा महासंघका अध्यक्ष शेर्पाले व्यवसायीहरुका कयौ चुनौतिहरुको समधान गर्न महासंघ सधै लागिपरेको बताउनुहुदै म्याद गुर्जेका, टुटफुट भएका र लामो समय देखि विक्रि नभएर थन्कीएका मदिरा तथा मदिराजन्य बस्तुहरु सम्वन्धीत उत्पादक कम्पनीहरुले फिर्ता लिनुपर्ने र फिर्ता नलिने वा व्यवसायीको समस्या प्रति बेवास्ता गर्ने कम्पनीको उत्पादनको कारोबार बहिस्कार गर्ने समेत बताउनु भयो । उहाँले भन्नु भयो व्यवसायीको मर्का नबुझ्ने कम्पनीसंग व्यवसायी कारोबार हुदैन । अध्यक्ष शेर्पाले महासंघको १८ औ साधारण सभाले मदिरा व्यवसायीहरुका समस्याहरु समधान गर्न ठोस कार्य योजना तयार गर्ने समेत बताउनु भयो ।

    उक्त अन्तरक्रिया कार्यक्रमको सहजिकरण महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नु भएको थियो । साधारण सभाका विभिन्न कार्यक्रम शनिवार विहान ८ वजे देखि सुरु हुने कार्यसुचि रहेको महासचिव बरालले जानकारी दिनु भयो ।

  • ८ असार २०८१, शुक्रबार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images