सुनको भाउ ८ सय रुपैयाँ घट्यो
  • CIA Khabar

  • काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सातादेखि ओरालो गतिमा छ । सोअनुसार नेपालमा पनि मूल्य घट्दै गएको छ । जेठ २५ गते सुनको भाउ तोलमा १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

    बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७८० रुपैयाँमा झरेको छ ।

  • १४ असार २०८१, बिहीबार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images