केन्द्रीय समिति बैठक ‘लाइभ’ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव
  • CIA Khabar

  • काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।

    आगामी बुधवार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्  ।

    उनले भने, ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु ।  हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।’

    केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

  • १७ असार २०८१, आईतवार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images