दुर्गम जिल्लाकै दुर्गम गाँउ, जहाँ स्वास्थ्यकर्मी जोखिम मोलेरै उपचारमा खटिन्छन्
  • CIA Khabar

  • रुकुम पुर्व। रुकुम पुर्व लुम्बिनी प्रदेशको दुर्गम हिमाली जिल्ला हो । दुगर्म जिल्लाकै दुर्गम गाँउ सिस्ने गाँउपालिकाको वडा नं १ सिस्ने गाँउमा जहाँ सदरमुकामबाटै २ दिनको पैदल दुरीमा रहेको छ । कुनै पनि व्यक्ति बिरामी भयो भने उपाचार गर्न सुबिधा सम्पन्न ठाँउमा पुर्याउन त असम्भव नै छ तर सोही ठाँउमा खटिएका स्वास्थ्यकर्मी नै जोखिम मोलेर उपचार गर्न बिरामीको घरमै खटिन्छन् । स्थानीयका अनुसार सो ठाँउमा सडक पुर्याउन धेरै पहल भएपनि हाल सम्म सडकले छोएको छ्रैन । ठुला ठुला पहाड र चट्टानका कारण सडक पुर्याउन सकिएको छ्रैन ।
    “पैदल यात्रा पनि निकै जोखिम पुर्ण रहेको छ, –स्वास्थ्यकर्मी चन्द्रदेव खड्का भन्छन् –सागुरो बाटो, भिरको बाटो बर्षा याम मा त झन आवत जावत गर्न गारो छ” चन्द्रदेव भन्छन् “ठुला ठुला पहाड मुनि बाटो अनि बाटो मुनि नदि , माथी बाट चट्टान हरु फुटेर आउने पहिरो आउने कतै खोला बढेर बगाउला भन्ने डर ।” सिस्ने गाँउपालिका वडा नं १ मा एक ठाँउबाट अर्काे ठाँउ जान पनि उत्तिकै समस्या छ । कोही सामान्य बिरामी भयो कि उनलाई खवर गरिहाल्छन् ।

    अरु काम छोडेर पनि बिरामीको चेकजाँचका लागी घरमै पुग्न पर्छ । उक्त ठाउँमा नेपाल टेलिकमले घाम लाग्दा मात्र काम गर्छ तर बादल लाग्यो, पानी पर्यो भने संचार अबरुद्ध हुन्छ । भौगोलिक रुपले गर्दा बिगट ठाउँ झन हिमाली भेग बर्षायाम मा झरी , हिउँदमा हिमपात ले गर्दा जनजीवन निकै कष्टकर हुनेगर्छ । स्थानीयका अनुसार गाँउबाट बिद्यार्थी बिद्यालय जान दुई देखी तिन घण्टा जोखीमपुर्ण यात्रा गर्नु पर्छ । स्वास्थ्य संस्था जान पनि उति नै समय लाग्छ । सुत्केरी हुदा बिरामी पर्दा तिन घण्टा लगाएर बोकेर स्वास्थ्य संस्था लिनु पर्ने बाध्यता छ ।

    स्वास्थ्यकर्मी ले त्यो ठाउँ मा ठूलो टेवा पुर्याएका छन । गाउँ मा कोही बिरामी हुदा सुत्केरी हुदा स्वास्थ्य संस्था ल्याउन नसकिएमा स्वास्थ्यकर्मी गाउँ पुग्छन । दुर्गम ठाउ जहाँ कर्मचारी हरु जान र बस्न रुचाउदैनन । त्यहा रहेका कर्मचारीले दुर्गम मा पनि सेवा गर्नु पर्छ भन्ने सोचले निरन्तर सेवा देइरहेका छन । स्वास्थ्यकर्मी हरु हिमपात झरिको बेला पनि सेवा निरन्तर देइरहेका छन । कुनै बेला सेवाग्राहीको कामको अवस्था हेरेर रात को बेला, बर्षातको झरिको बेला पनि घर मै गएर सेवा दिने गरेको स्वास्थ्यकर्मी चन्द्रदेव बताउँछन् । यति मात्र होइन गाउँ मा जनशक्ति नहुदा पनि आफै बिरामी बोकेर स्वास्थ्य संस्था सम्म पुर्याउछन । सिस्ने १ मा चन्द्रदेव खड्का, काशिराम ओली लगाएत अन्य कर्मचारी घरमै पुगेर बिरामीको उपचारमा दिनरात खटिने गरेको स्थानीयले बताएका छन् ।

    वडा अध्यक्ष रजबहादुर बुढा भन्छन् “यदी यो वडामा स्वास्थ्यकर्मी हुँदैनथे भने बिरामीलाई सामान्य समस्याबाट पनि बचाउन नसकेर जटिल बन्न सक्थ्यो । तर स्वास्थ्यकर्मीहरु रात दिन नभनेर काम गरिहेका छन् । आफुले जोखिम मोलेर पनि बिरामीको घरमै पुगेर उपचार गर्छन भने त्यहाँ सम्भव नभएर आफै बोकेर स्वास्थ्य चौकी पुर्याउँछन् ।” वडा अध्यक्ष बुढाका अनुसार स्वास्थ्यकर्मीको दिनरातको सेवाले गर्दा बिरामीहरुलाई जटिल समस्या आउन सकेको छैन ।
    सिस्ने १ मा वडा कार्यालयका साथै २ वटा माध्यामिक बिद्यालय, ४ वटा आधारभूत बिद्यालय, १ वटा स्वास्थ्य चौकी, १ वटा सामुदायिक स्वास्थ्य इकाई १ वटा अस्थायी प्रहरी पोष्ट लगायतका सरकारी कार्यालय छन । प्रयाप्त दरबन्दी नहुँदा स्वास्थ्यकर्मीले नै प्रशासनिक काम गर्नुपर्ने बाध्यता रहि आएको छ ।

    संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । संविधानको धारा १६ देखि ४६ सम्म ३० वटा मौलिक हक छन । जसमा धारा ३५ मा ‘स्वास्थ्यसम्बन्धी हक’ भनी उल्लेख गरिएको छ । धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनेर लेखिएको छ । तर दुर्गम गाँउहरुमा यस्तो कुनै जानकारी छैन । स्वास्थ्यकर्मीको भरमा सबै जिम्मा छोडिएको हुन्छ । स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा मात्र होइन अन्य सरकारी सेवा पनि दिनुपर्ने बाध्यता छ । दुर्गमको पिडा भोगेकोलाई मात्र थाहा हुने हुँदा निति नियम बनाउने ठाँउमा भन्दा पनि कार्यान्वन गर्ने गराउने ठाँउको अवस्थालाई पनि ध्यान पु्र्याउन आबश्यक रहेको छ ।।

     

  • २४ असार २०८१, आईतवार २१:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images