अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते
  • CIA Khabar

  • काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा  पूर्व राष्ट्रपतिमाथि भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।

    गोली लागेपछि ट्रम्प भुइँमा बसेका थिए । गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। ट्रम्पको कानमा गोली लागेको बताइएको छ । उनको कान र अनुहारमा रगत लतपतिएको देख्न सकिन्छ ।

    ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो। उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ । र्‍यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको  जनाएको छ।

    ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् ।

    राष्ट्रपति जो बाइडेनले घटनाप्रति निन्दा गर्दै ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।

     

  • ३१ असार २०८१, आईतवार ११:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images