जनमतले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
  • CIA Khabar

  • काठमाडौं – जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।

    उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले०बीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सङ्घीय सरकारका प्रधानमन्त्रीलाई विश्वातको मत दिने निर्णय गरिएको हो ।

    जनमतको नेतृत्वमा कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी ९लोसपा०सहित मधेस प्रदेश सरकारले बिहीबार पूर्णता पाइसकेको छ । “हाम्रो पार्टीको सुरुदेखिनै प्राथमिकतामा मधेस प्रदेश सरकार थियो । प्रदेशमा जनमतको नेतृत्वलाई कांग्रेस र एमालेले समर्थन गरेकाले सङघीय सरकारलाई समर्थन गरेर जाने पार्टीको स्पष्ट नीति छ”, प्रवक्ता यादवले भने

    प्रतिनिधिसभामा जनमत पार्टीका छ सांसद छन् । प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ ।

  • ५ श्रावण २०८१, शनिबार १६:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images