रास्वपाले भन्यो- उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ
  • CIA Khabar

  • काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गरेको छ ।

    आज बसेको केन्द्रीय समिति बैठकमा पत्रका विषयमा पार्टीले अनौपचारिक रूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।  

    ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ’ बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता झाले भने ।

    पत्रको एउटा मात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए । यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको झाले बताए। 

    संवैधानिक परिषदमा बहुमत पुर्‍याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको पार्टीको आशंका  छ ।

  • १० श्रावण २०८१, बिहीबार १६:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images