प्रधानमन्त्री ओली भन्छन्- संविधान संशोधन हुन्छ तर धर्मनिरपेक्षता तलमाथि हुँदैन
  • CIA Khabar

  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा धर्म निरपेक्षता तलमाथि नहुने बताएका छन् ।

    बुधबार डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यो देश सबै धर्मावलम्बीको साझा थलो रहिरहने बताए ।

    ‘यो देश, यो देशको राज्य सिङ्गै नेपाली जनताको हो । कुन धर्म मान्छ, कुन धर्म मान्दैन, बेग्लै कुरा हो । सबै धर्मावलम्बीहरूको साझा देश हो । तसर्थ यो देश यस धर्मको हुन्छ, त्यस धर्मको हुँदैन भन्ने कुरा होइन,’ ‌ओलीले भने ।

    ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएको बताए ।

    ‘नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बौद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो । बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथमै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो’, उनले भने, ‘राणाकालमा भिक्षु-भिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटिल बनाउनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई फैल्याउने पक्षमा छौँ ।’

    संविधान संशोधनको एजेण्डा लिएर कांग्रेस–एमाले गठबन्धन सरकार बनेसँगै अफवाह फैलाइएको उनले बताए ।

    कांग्रेस–एमाले गठबन्धन सरकारले समावेशी समानुपातिक, धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत संरचना परिवर्तन गर्न खोजेको आरोप लागिरहेका बेला ओलीले यस्तो भनेका हुन् ।

  • १० श्रावण २०८१, बिहीबार १७:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images