सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँले र चाँदीमा १० रुपैयाँले बढेको छ ।

    बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

  • ८ फाल्गुन २०८१, बिहीबार ११:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images