झापा– नेकपा एमालेले आज झापाको दमकमा जागरण सभा गर्ने भएको छ । दमकको पशुहाटमा दिउँसो साढे १२ बजे सुरु हुने सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेश स्तरीय जागरणसभा आयोजना गरेको हो ।
सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरू दमक आउने क्रम जारी रहेको छ ।
एमालेका अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरू रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरू पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।
यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।
जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए