ट्रम्पद्वारा ‘नक्कली’ न्यून अनुमोदन सर्वेक्षणबारे छानबिन गर्न निर्देशन
  • CIA Khabar

  •  

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्केको १०० दिन नबित्दै रिपब्लिकन पार्टीका लागि निराशाजनक अनुमोदन रेटिङ देखाएको ‘भुट्टा सर्वेक्षण’को आलोचना गर्नुभएको छ ।

    वासिङ्टन पोस्ट र एबीसी न्युजले गत साता गरेको सर्वेक्षणमा ३९ प्रतिशत अमेरिकीले मात्र ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेको देखाएको थियो भने न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा यो सङ्ख्या ४२ प्रतिशत रहेकोे थियो ।

    पोस्टका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकीले ट्रम्पलाई अस्वीकार गरेका छन् । प्रसिद्ध अमेरिकी सर्वेक्षक जोन म्याकलफलिनले नतिजालाई न्यूयोर्क टाइम्स, एबीसी र वाशिङ्गटन पोस्टको अविश्वासिलो (फेल भएको) सर्वेक्षण भनेका छन् । म्याकलफलिन राष्ट्रपतिका निकट समर्थक र रिपब्लिकन अनुसन्धाता छन् । उनलेसर्वेक्षणको नतिजा लगातार ट्रम्पको पक्षमा प्रकाशित गर्दै आएका छन् ।

    लामो समयदेखि मूलधारको सञ्चारमाध्यमको आलोचक रहेका राष्ट्रपति ट्रम्पले सर्वेक्षणकर्ता र समाचार संस्थाहरू ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ बाट पीडित भएको आरोप लगाए । उनले भने, “यी व्यक्तिहरूलाई निर्वाचन अनियमितताको लागि अनुसन्धान गरिनुपर्छ ।” प्यू रिसर्च सेन्टरका अनुसार बिल क्लिन्टन र हाल ट्रम्पबाहेक रोनाल्ड रेगनसम्मका अमेरिकी राष्ट्रपतिको कार्यकालको पहिलो १०० दिनको अनुमोदन दर ५० प्रतिशत रहँदै आएको थियो ।

    ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा सरकारी निकायहरूलाई कटौती गर्ने, मित्र हरू र शत्रुहरूसँग समान रूपमा व्यापार युद्ध सुरु गर्ने र आप्रवासन निरूत्साहनका लागि न्यायपालिकाको सामना गर्ने सीमाबाट बाहिर निस्केको उहाँका आलोचकहरूले बताउने गरेका छन् ।

  • १६ बैशाख २०८२, मंगलवार ००:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images