काठमाडौं– नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण २०८१-८२ पेश गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाली फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको बताए ।
सर्वेक्षण अनुसार २०८१ फागुन मसान्तसम्म ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ जना विदेशी चिकित्सक गरी ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।
त्यस्तै २०८१ फागुनसम्म नेपाल नसिङ काउन्सिलमा १ हजार ६ सय ९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी, ९१ ज्ना मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ जना नर्स दर्ता भएका आर्थिक सर्वेक्षणले जनाएको छ ।