सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु
  • CIA Khabar

  • झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ३ सानो केर्खास्थित निर्माणाधीन एसियन हाईवेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोरङ कानेपोखरी गाउँपालिका– ४ घर भई इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरणलाल राजवंशीको मृत्यु भएको हो ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते राजवंशीको  बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • २६ जेष्ठ २०८२, आईतवार ०९:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images