सर्वोच्च अदालत आज अख्तियारसहित ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटमा फैसला सुनाउने
  • CIA Khabar

  • काठमाडौं – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज (बुधबार) फैसला सुनाउने भएको छ।

    संवैधानिक इजलासले मुद्दा दर्ता भएको करिब साढे चार वर्षपछि अन्तिम सुनुवाइ यही जेठ १ गते सम्पन्न गरी आजको मितिमा फैसला सुनाउने तय गरेको हो।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको इजलासले माघ ३० गतेदेखि निरन्तर सुनुवाइ गर्दै आएको थियो। मुद्दामा सहभागी अधिवक्ताहरूलाई इजलासले जेठ १६ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको थियो।

    २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त गरेको थियो। उक्त नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    तत्कालीन संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए। यद्यपि सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा अनुपस्थित थिए।

  • २९ जेष्ठ २०८२, बुधबार १०:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images