थापा भन्छन्: ‘कांग्रेस समावेशी, संयमित र जिम्मेवार राजनीतिमा प्रतिबद्ध’
  • CIA Khabar

  •  सुनसरी — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस समावेशी, संयमित र जिम्मेवार राजनीतिको मार्गमा अघि बढिरहेको स्पष्ट पारेका छन्।

    नेपाल तामाङ सङ्घ कोशी प्रदेशद्वारा आज इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक राजनीतिभन्दा समावेशी सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्ने बताए।

    उनले जातीय वा धार्मिक उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्तिबाट टाढा रहन सबैलाई आग्रह गरे। “हाम्रो कांग्रेस मध्यममार्गी पार्टी हो,” थापाले भने, “अधिकार सुनिश्चित गर्ने, चेतना फैलाउने र समावेशीकरणमार्फत सबैलाई आत्मसात गर्ने यात्रामा कांग्रेस अघि बढिरहेको छ।”

    संविधान संशोधनसम्बन्धी धारणा राख्दै थापाले सबै पक्षसँग संवाद र सहमतिका आधारमा मात्रै संशोधन अघि बढ्न सक्ने बताए। उनले संविधान संशोधनबाट कुनै समुदायको अधिकार घट्ने नभई थप सुदृढ हुने विश्वास व्यक्त गरे।

    महामन्त्री थापाले तामाङ समुदायको योगदानको उच्च मूल्याङ्कन गर्दै त्यस समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। “कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल हो,” उनले भने, “कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेससँग सबैलाई अटाउने क्षमता छ।”

  • ३२ जेष्ठ २०८२, शनिबार ०९:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images