कर्णाली प्रादेशिक अस्पतालमा सातौँपटक मिर्गौला प्रत्यारोपण सफल
  • CIA Khabar

  • सुर्खेत — कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा सातौँपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय र प्राविधिक सहयोगमा सम्पन्न प्रत्यारोपण डा. दिपेश श्रेष्ठको नेतृत्वमा गरिएको हो। श्रेष्ठ युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन्।

    प्रत्यारोपण टोलीमा केन्द्रका युरोलोजी सर्जन डा. रोजन अधिकारी, ट्रान्सप्लान्ट फेलो डा. विकास खड्का, एनस्थेसियोलोजिस्ट डा. सोवित थापा, नेफ्रोलोजिस्ट डा. सन्तोष सुवेदी, मेडिकल अधिकृत डा. बादल महर्जन, नर्सिङ स्टाफ कमला बोगटी, रबिना पक्का र दीपा केसी संलग्न थिए।

    त्यसैगरी, कर्णाली प्रादेशिक अस्पतालका विभाग प्रमुख तथा सर्जन डा. गणेश थापा, सर्जन डा. विजय घिमिरे, डा. पुजन बल्लाको नेतृत्वमा एनेस्थेसिया टोली, नर्सिङ इञ्चार्ज प्रभा रावल नेतृत्वको ओटी नर्सिङ टोली तथा इन्दिरा उपाध्याय नेतृत्वको आईसीयू नर्सिङ समूहले समेत महत्वपूर्ण भूमिका खेलेका थिए।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले देशभर प्रत्यारोपण सेवा विस्तार गर्ने उद्देश्यले प्रदेशस्तरीय अस्पतालहरूसँग सहकार्य गर्दै आएको जनाएको छ।

  • ३२ जेष्ठ २०८२, शनिबार ०९:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images