कपिलवस्तु, – नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई औपचारिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ।
जिल्ला सभापति अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख अनुसार, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा कपिलवस्तु जिल्लाको समग्र विकासलाई बेवास्ता गरिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको निर्णय विपरीत आफ्नै स्वार्थमा मन्त्रीहरूले काम गरेका छन्। यस कारण कपिलवस्तु जिल्लाभित्र हुने कुनै पनि सार्वजनिक वा पार्टीको कार्यक्रममा उनीहरूलाई सहभागी हुन नदिइने निर्णय गरिएको छ।”
नेपाली कांग्रेसको जिल्ला नेतृत्वले बजेट विनियोजनमा जिल्लालाई नजरअन्दाज गर्नुका साथै पार्टी अनुशासनविपरीत आचरण गरेको भन्दै बहिष्कारको निर्णय लिएको हो।














