वासिङ्टन — इजरायल र इरानबीच पूर्ण युद्धविरामको ट्रम्पद्वारा घोषणा
  • CIA Khabar

  • वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविराम को सहमति भएको दाबी गरेका छन्। यदि उक्त घोषणा सत्य साबित भएमा, यो सहमतिले दुबै देशबीच जारी १२ दिने युद्धलाई अन्त्यतर्फ लैजानेछ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले भनेका छन्, “सबैलाई बधाई छ! इजरायल र इरानबीच पूर्ण युद्धविरामको सहमति भइसकेको छ। अब झन्डै ६ घण्टापछि दुबै पक्षले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गरेपछि १२ घण्टाको युद्धविराम लागू हुनेछ। त्यसपछि युद्ध अन्त्य भएको मानिनेछ।”

    ट्रम्पका अनुसार युद्धविराम चरणबद्ध रूपमा लागू हुनेछ। पहिलो चरणमा इरानले युद्धविराम सुरु गर्नेछ, जसको १२ घण्टापछि इजरायलले पनि युद्धविराम कार्यान्वयन गर्नेछ। त्यसपछि २४ घण्टाको अवधिपछि यो १२ दिने युद्धको औपचारिक अन्त्य विश्व समुदायले सम्मानपूर्वक स्वीकार गर्नेछ।

    उनले भनेका छन्, “युद्धविरामको प्रत्येक चरणमा दुबै पक्षले शान्त र सम्मानजनक व्यवहार गर्नेछन्।”

    ट्रम्पले सम्भावित दीर्घकालीन द्वन्द्व रोकिएकोमा खुसी व्यक्त गर्दै भनेका छन्, “यदि सबै योजना अनुसार अगाडि बढ्यो भने, म दुबै देशलाई युद्ध अन्त्य गर्न देखाएको धैर्यता, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु। यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिन सक्थ्यो र पुरै मध्यपूर्वलाई तहस–नहस पार्न सक्थ्यो। तर त्यो भएको छैन र अब हुने पनि छैन।”

    घोषणाको अन्त्यमा ट्रम्पले इजरायल, इरान, मध्यपूर्व, अमेरिका र सम्पूर्ण विश्वका लागि शान्ति र आशीर्वादको कामना गरेका छन्।

  • १० असार २०८२, मंगलवार ०७:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images