सेलो बादशाह बैरागीको ‘च्योर्दुङ खर्कैमा’ सार्वजनिक
  • CIA Khabar

  • काठमाडौं । तामाङ सेलो गायक बैरागी मोक्तानको नयाँ सेलो गीत ‘च्योर्दुङ खर्कैमा’ सार्वजनिक भएको छ।

    विशेषतः पहाडी तथा हिमाली भू–भागमा बसोबास गर्ने टिपिकल शेर्पा समुदायलाई लक्षित गरेर तयार गरिएको उक्त गीतमा मोक्तानले स्वर मात्र होइन, सङ्गीतसमेत भरेका छन्।

    पछिल्लो समय सेलो सङ्गीत क्षेत्रमा एकछत्र राज गरिरहेका मोक्तान आफूले गाएको ‘च्योर्दुङ खर्कैमा’ ले राम्रो सफलता हासिल गर्नेमा आशावादी छन्।

    रामकृष्ण लोको शब्द रचना रहेको यो गीत ‘नेपाल अञ्जना क्रिएसन’ युट्युब च्यानलमार्फत केही बेरअघि सार्वजनिक गरिएको हो।

  • ३१ असार २०८२, मंगलवार १७:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images