गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंसिर २५ गते अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिँदै

विश्वका अर्बपतिहरू समेत गरी १० हजारभन्दा धेरै स्वदेशी र बिदेशीहरू सहभागी हुने

  • CIA Khabar

  • गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंसिर २५ गते अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिँदै

    काठमाडौँ – शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि करिब ५० वर्षअघि ल्याइएको गुरु योजना अझै पूरा भएको छैन ।

    गुरु योजना पूरा नभएपनि लुम्बिनीलाई विश्व समुदायमा चिनाउन विभिन्न प्रयासहरु भइरहेका छन ।

    यसै सन्दर्भमा विश्वका अर्बपति व्यापारीहरु समेत गरी १० हजारभन्दा धेरै स्वदेशी र बिदेशीहरुको सहभागितामा यही डिसेम्बर ११ तारिखदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिने भएको छ ।

  • १८ मंसिर २०८२, बुधबार ११:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images