दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए
  • CIA Khabar

  • दाङ । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् । वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ इन्सपेक्टर पाण्डेले भने । घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । ‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ,’ इन्सपेक्टर पाण्डेले भने, ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’

  • २३ मंसिर २०८२, सोमबार ०९:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images