लामो समयदेखी समाज सेवामा खटिएका व्यक्तिको नाम हो राजु केसी । रुकुम पश्चिम घर भएर सामाजिक कामका लागी देश दौडाहमा रहेका राजुले पछिल्लो समय आफ्नो गृह जिल्लामा बिद्यार्थीहरुका लागी निकै राम्रो काम गर्दै आउनुभएको छ । उहाँले जिल्लाका बिद्यालयहरुमा पुगेर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । जिल्लाका अधिकांश बिद्यालयमा पुगेर उहाँले शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । पछिल्लो समयमा मात्र उहाँले बाँफिकोट गाउँपालिकाका भित्र रहेका सबै विद्यालयका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गर्नुभएको हो । बाँफिकोट गाउँपालिका–४ स्थित श्री बिरेन्द्र माध्यमिक विद्यालयमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममार्फत पालिकाभित्रका १० वटा माध्यमिक विद्यालयका कक्षा ९, १०, ११ र १२ का सबै विद्यार्थीलाई तथा पालिका भित्रका ४४ ओटा सरकारी तथा निजी विद्यालयबाट गरीव, अपाङ्ग, टुहुरा र जेहेन्दार समेटेर हरेक कक्षाबाट ३–३ जनाको दरले विद्यार्थीलाई सामग्री वितरण गरिएको छ ।
कक्षा बालबालिका देखी ३ सम्म १२ जना, कक्षा ५ सम्म सञ्चालन भएका विद्यालयबाट १८ जना, र कक्षा ८ सम्म सञ्चालन विद्यालयबाट २७ जना विद्यार्थी छनोट गरिएको थियोे । कक्षा ५ सम्मका विद्यालयका प्रधानाध्यापक वा शिक्षक प्रतिनिधिले विद्यालयकै लेटर प्याडमा नामावलीसहित उपस्थित गराएका थिए । उता, कक्षा ९ र १० का सबै विद्यार्थी विद्यालयको ड्रेस, विद्यालय तथा राष्ट्रिय झन्डासहित शिक्षक÷प्रधानाध्यापकको नेतृत्वमा कार्यक्रमस्थलमा सहभागी भएका हुन । माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई निर्धारित स्थानसम्म ल्याउन यातायातको व्यवस्था समेत गरिएको थियोे । गाउँपालिका भरका २ हजार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । विशेष गरि पढ्न मन भएका तर आर्थिक अभावले कमजोर भएका बिद्यार्थीलाई बितरण गरिएको बताइएको छ ।














