सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ठूला सम्भावित भ्रष्टाचार प्रकरणसम्बन्धी २५ भन्दा बढी फाइल खोल्ने प्रकृया अगाडि बढाइएको जानकारी दिनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता नै सरकारको मानक भएको पनि स्पष्ट पार्नुभयो । मन्त्री खरेलले फागुन २१ गतेको निर्वाचनमा केन्द्रित सरकार सुशासन प्रबर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।।














