नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला खुला केन्द्रीय सदस्य पदका लागि कपिलबस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धामा उत्रिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेतृका रूपमा परिचित चौधरी सोही प्यानलबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा उत्रिएकी हुन्। आज मतदान हुँदैछ । उनले प्रचारलाई पनि तिब्र पारेकी छन् । चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्। त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनले भारी मतसहित उपप्रमुख पदमा पुनः विजय हासिल गरेकी थिइन्। स्थानीय तहमा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी चौधरी थारु समुदायभित्र प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्। पार्टी संगठन, स्थानीय नेतृत्व र विभिन्न तहबाट व्यापक सहयोग प्राप्त हुने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्। महाधिवेशनमा महिला नेतृत्वलाई मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी दिएकी चौधरीको प्रतिस्पर्धालाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले आफुलाई बिजयी गराउन प्रतिनिधिहरुलाई आग्रह गरेकी छन् ।














