सङ्खुवासभामा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३ जना गम्भीर घाइते
  • CIA Khabar

  • सङ्खुवासभा- 

    सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी खण्डको भित्र सडकमा बोलेरो दुर्घटना हुँदा अरु ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताउनुभयो । आइतबार साँझ चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको बोलेरो चैनपुर-१ स्थित नुनढाकी नजिकै दुर्घटना भएको हो । बोलेरो दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको पहिचान खुल्न बाँकी रहेको डिएसपी मैनालीले बताउनुभयो । त्यस्तैगरी घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    बोलेरो दुर्घटना हुँदा चैनपुर-१ सिङरीङ बस्ने ३४ बर्षीय दोर्जी शेर्पा, चैनपुर मैदानेका ४५ बर्षीय भिम बहादुर थुलुङ रहेको डिएसपी मैनालीले बताउनुभयो । अन्यको भने पहिचान खुल्न सकेको छैन । घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका डिएसपी बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ माघ २०८२, आईतवार २०:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images